Like us!
Follow us!

नेपाल सेवा लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का

नेपाल सेवा लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिएकाे छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजाे (मंसिर ३० गते, मंगलबार) एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर काराेबार आज (पाैष १ गते, बुधबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd9a81be7718.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।