Like us!
Follow us!

माउन्टेन इनर्जीको शेयरमा पहिलो दिन नै सकारात्मक सर्किट

माउन्टेन इनर्जीको शेयरमा पहिलो दिन नै सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) माउन्टेन इनर्जी नेपाल लिमिटेडकाे पहिलो कारोबार भएको छ । पहिलाे दिन खुल्ने बित्तिकै कम्पनीकाे शेयर सकारात्मक सर्किट लागेर बढेको छ ।

यस समाचार तयार पार्दासम्म कम्पनीकाे शेयर ९.८८% ले बढेर ३७८ रुपैयाँ पुगेको छ ।

मंगलबार कम्पनीकाे १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३४४ रूपैयाँ ४३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्न MEN  संकेत प्रदान गरिएको छ । 

5fd9a0abb2830.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।