Like us!
Follow us!

नेकपाको स्थायी कमिटी बैंठक आज बस्दै

नेकपाको स्थायी कमिटी बैंठक आज बस्दै


लगानी खबर, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैंठक आज बस्दैछ। आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैंठक 
लागि स्थगित गरिएको बैढक आज बस्न लागिएको हो।


प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेकपा भित्र नै सल्लाह नगरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप विवादित बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने चौतर्फि माग छ।


अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् । पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ ।


सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ । नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुकी बसेको थियो । बैठकले कुनै निर्णय भने गरेन । नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो ।
यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । तर, पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि दुवै अध्यादेश फिर्ता भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।