Like us!
Follow us!

सिनर्जी पावरले लाभांश घोषणा गर्दै डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

सिनर्जी पावरले लाभांश घोषणा गर्दै डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीको हिजाे (मंसिर ३० गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरूलाई  ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

यसैगरी, कम्पनीले १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा पनि आह्वान गरेकाे छ । उक्त सभा पाैष २२ गते बुधबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयाेजनका निमित्त पाैष १२ गतेबाट पाैष २२ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले, पाैष ११ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fd9990a591da.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।