Like us!
Follow us!

छ्याङदी हाइड्रोद्वारा लाभांश घोषणा, बोनस कति ?

छ्याङदी हाइड्रोद्वारा लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ्याङदी हाइड्रोपावर लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीको हिजाे (मंसिर ३० गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

त्यसैगरी, कम्पनीले पुस २७ गते साेमबार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, कम्पनीले लाभांश वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।