Like us!
Follow us!

प्रभु बैंकको १०.५२६३% लाभांश स्वीकृत

प्रभु बैंकको १०.५२६३% लाभांश स्वीकृत

लगानी खबर, काठमाडौँ - प्रभु बैंक लिमिटेडकाे लाभांश नेपाल नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । बैंककाे हिजाे (मंसिर ३० गते मंगलबार) काे पत्रले स्वीकृति प्रदान गरेकाे बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd992de61fbf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।