Like us!
Follow us!

आजदेखि माउन्टेन इनर्जीको कारोबार खुल्ने, ओपन रेञ्ज कति ?

आजदेखि माउन्टेन इनर्जीको कारोबार खुल्ने, ओपन रेञ्ज कति ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट माउन्टेन इनर्जी नेपाल लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे (मंसिर ३० गते, मंगलबार) नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

मंगलबार कम्पनीकाे १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३४४ रूपैयाँ ४३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्न MEN  संकेत प्रदान गरिएको छ । 

 

5fd8701086f6b.jpg

5fd8701720361.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।