Like us!
Follow us!

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओमा दोस्रो दिन पनि लाग्यो ओइरो, यस्तो छ पछिल्लो अपडेट !

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओमा दोस्रो दिन पनि लाग्यो ओइरो, यस्तो छ पछिल्लो अपडेट !

लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज दाेश्राे दिन रहेकाे छ ।

दाेश्राे दिन बेलुका ४ः४० बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ अर्ब ८६ करोड रुपैयाँ बराबरकाे १ करोड ८६ लाख कित्ताकाे लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३.४४ गुणा बढी आवेदन हो । 

कम्पनीले हिजाे (मंसिर २९ गते, साेमबार) देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।