Like us!
Follow us!

लघुवित्तमा ओइरिए लगानीकर्ता : मंगलबार यी लघुवित्तका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लघुवित्तमा ओइरिए लगानीकर्ता : मंगलबार यी लघुवित्तका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - तीन दिनबाट लगातार बढेकाे शेयर बजारमा आज (मंगलबार) भने सामान्य गिरावट देखिएकाे छ ।

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा पुगेकाे छ । नेप्से ०.२८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले घटेर ३८७.४२ मा पुगेको छ । कूल २०५ वटा कम्पनीकाे ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६ सय ८७ रुपैयाँको कारोबार भएकाे छ । 

मंगलबार बढ्ने कम्पनीहरूमा अधिकांश लघुवित्तहरू रहेका छन् । मंगलबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

5fd88184c96d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।