लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा पुगेकाे छ । नेप्से ०.२८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले घटेर ३८७.४२ मा पुगेको छ ।
कूल २०५ वटा कम्पनीकाे ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६ सय ८७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।