Like us!
Follow us!

पर्यटक नहुँदा तारागाउँ रिजेन्सी नोक्सानीमा (विवरणसहित)

पर्यटक नहुँदा तारागाउँ रिजेन्सी नोक्सानीमा (विवरणसहित)

लगानी खबर, काठमाडौँ - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा होटलले ७ करोड ८९ लाख रूपैयाँ नोक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा होटलले ३५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण पर्यटकको आगमनमा कमि आएकाले कम्पनीले नोक्सानी व्यहोर्नु परेकाे हाे ।

यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा होटलको आम्दानी पनि ४९ लाख ९ हजारमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा होटलले १ अर्ब ५९ करोड ६३ लाख रूपैयाँ बराबरकाे आम्दानी गरेकाे थियाे ।

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे होटलकाे जगेडा कोषमा भने ३८ करोड ४४ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १२३ रूपैयाँ ५२ पैसा रहेकाे छ ।

होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fd86c649fc7c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।