लगानी खबर, काठमाडौँ - सानिमा बैंक लिमिटेडले भाेलि (पुस १ गते, बुधबारबाट) ४ अर्ब रूपैयाँ बराबरको रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते साेमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
पुस १ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।