केहि दिन अगाडी मात्र मामाघर बाट मामाको फोन आयो। फोन उठाउने बित्तिकै मामाले बोल्न सुरु गरिहाल्नु भयो।‘ भान्जी यत्तिका बर्ष काठमाण्डौ बस्दै आएकी छौ,केटा तयारी होला यहि महिनामा नभएपनि फागुनसम्म विवाह गर्नूपर्छ।’ यसको आशय काठमाण्डौ बस्ने केटिले विवाह गर्ने केटा आाफै खोजेको हुनुपर्छ भन्ने थियो। केहि समय तनावमा रहेँ काठमाण्डौ बसेर कुनै पुरुष सँग नजिक नहुनाले मैले गल्ति त गरिन? विवाह एक सामाजिक परम्परा हो भन्ने विचार म मा आउछँ तर जिवन निर्वाह गर्नको लागी विवाह गर्नुपर्छ भन्ने कहिल्यै लागेन यद्यपी विवाह गर्ने तयारीमा कोहि कसैसँग कुरा गरेको याद छैन। न त प्रेम नै।
यसको अर्थ काठमाडौँ बस्ने सबै केटी काम लाग्दैन भन्नु थियो। यत्तिका भनाइले स्पस्ट पारिदियो की उपत्यकामा बस्ने अविवाहित छोरीलाई हाम्रो समाजले खराब मान्ने रहेछ। ममीले पटकपटक विवाह गर्न मुस्किल हुन्छ भन्नुभएको भनाई याद गरे।
गाँउ छोडेर उपत्यका पसेको पाँच बर्ष पुरा भएछ। समाजले विवाह र केटाको विषयमा यसरी प्रश्न सोध्ने गर्छन की आफैलाई ठुलो अपराध गरेको भान हुन्छ। यस्ता समस्या मेरो मात्र हो कि भन्ने थियो तर हिजो मात्र नजिककैको साथी मालती राईकोमा पुगेकी थिए।‘कान्छि केटा कस्तो छ झिका अब विवाह गर्नुपर्छ।’ मालतीको फुपु दिदीले भन्नुभयो। उहाँको भनाइ यस्तो थियो की मालतीले केटा कोठा भित्रबाट तत्काल निकाल्दै छिन। उहाँको भनाइमा अचम्म मान्नुपर्ने केही थिएन। किनकी मालति पनी उपत्यकामा नै बस्छिन।‘काठमाडौँ बस्ने केटि केटा खोजौ भने कसैले विवाह गर्न मान्दैनन।’पछाडिबाट फुपाजुले थन्नुभयो। त्यहाँ धेरै प्रश्न उठाउन मन लाग्यो तर मौन बस्नु बाहेको विकल्प केहि थिएन। म पनि काठमाडौं बस्ने केटी। घरबाट एस एल सी पुरा गरेर उपत्यका पठाएका थिए पढ्नको लागी। तर पढाइ कहाँ पुग्यो? कस्तो पढ्छौ? यस्ता प्रश्न परिवारले मात्र कहिलेकाँही सोध्ने गरेका छन। तर सोध्नु पर्ने त सबैले यही प्रश्न होइन र?
समाजमा अन्यले विवाह गर्ने केटा होला नी भन्थे। फुपाजुको कसैले विवाह गर्ने मान्दैनन भन्ने भनाइ अल्ली फरक लाग्यो। मनलाई एकिकृत गरेर उहाँको भनाइको अर्थ बुझ्ने प्रयास असफल भयो। उपत्यकामा बस्ने केटी सँग विवाह गर्न मान्दैनन भन्नुको तात्पर्य के थियो जवाफ सिधा भए पनी बुझ्न निकै कठिन भयो मलाई। पल्लो घरको छिमेकी दिदि पनी दहि चामाल खानको लागी आउनु भएको रहेछ साथमा उहाँको छोरा हुनुहुन्थ्यो।‘भान्जाको विवाह गनुपर्ने’ मेरो मम्मीको भनाइ थियो। ‘गर्ने सुर गरेको भाउजु एउटा केटि हेरेको काठमाडौं बस्ने रहेछे, चित्त बुझेन।’ दिदीको जबाफमा पनी उपत्यकामा बस्ने केटी चित्त बुझ्दैनन भन्ने आयो। मम्माले थपिहाल्नु भयो।‘काठमाडौ बस्ने छडौरी के काम हामीलाई’
यसको अर्थ काठमाडौँ बस्ने सबै केटी काम लाग्दैन भन्नु थियो। यत्तिका भनाइले स्पस्ट पारिदियो की उपत्यकामा बस्ने अविवाहित छोरीलाई हाम्रो समाजले खराब मान्ने रहेछ। ममीले पटकपटक विवाह गर्न मुस्किल हुन्छ भन्नुभएको भनाई याद गरे। समाजले केटा खोजेकी छेस भनेर ठोकुवा नै गर्ने गरेका छन। कतिपयले उपत्यकामा नै प्रेम गरेर विवाह गरेपनी कतिपयले मैले जस्तै रित्तै नहोलान भन्न सकिन्न। समाजमा अविवाहित छोरीहरुलाई उपत्यका पढ्न पठाउन मुस्किल पनी विवाहकै चिन्ताले हुने गरेको रहेछ। काठमाडौं बस्ने केटीले केटा आफै खोज्नुपर्छ भन्नुको अर्थ पनी आफन्त परिवारले विकाउन मुस्किल पर्छ भन्ने रहेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।