Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गते बुधबारदेखि आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा माग भन्दा झन्डै ४ गुणा बढीको आवेदन परेको छ । 

हिजाे (मंसिर २९ गते, साेमबार) सम्ममा २ हजार ६९१ जना आवेदकले ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार  अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ ।

काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७  (साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७ र ८ मात्र) एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरू) र इन्द्रसराेवर गाउँपालिका वडा नं. ५ मा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरू आयोजना प्रभावित क्षेत्रका स्थानीयहरू हुन् ।

 

 

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।