Like us!
Follow us!

साल्ट ट्रेडिङको ३५% लाभांश मंगलबार पारित हुँदै

साल्ट ट्रेडिङको ३५% लाभांश मंगलबार पारित हुँदै

लगानी खबर, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे ५३औँ वार्षिक साधारण सभा भाेलि (मंसिर ३० गते, मंगलबार) हुँदैछ ।

कम्पनीकाे मंसिर ८ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे केन्द्रीय कार्यालय कालिमाटी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १५ गते, साेमबारबाट मंसिर ३० गतेसम्म बुक क्लोज गरेकाे छ । त्यसैले, मंसिर १४ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।