Like us!
Follow us!

प्रभु क्यापिटलको डिम्याट खाता निःशुल्क

प्रभु क्यापिटलको डिम्याट खाता निःशुल्क

लगानी खबर, काठमाडौं – प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता निःशुल्क खाेल्ने सेवा सुचारू गर्ने भएकाे छ ।

क्यापिटलले  केही समय अगाडि सञ्चालन गरेको ३ वर्षे Free Demat खाता योजनामा ग्राहकहरूको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन (https://onlinedemat.prabhucapital.com/DematForm) बाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरूको लागि मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि Free Demat खाता योजना ल्याएको हाे ।

यस योजना अन्तर्गत खाता खोल्न चाहने ग्राहकहरूको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरूले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरूलाई यस योजनामा जोडि निशुल्क Demat खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।