Like us!
Follow us!

आइपिओ ल्याउन लागेको इमर्जिङ्ग नेपालले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

आइपिओ ल्याउन लागेको इमर्जिङ्ग नेपालले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - इमर्जिङ्ग नेपाल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीको मंसिर २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा पाैष २४ गते शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँमा दिउँसाे ३:३० बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीले निष्कासन गर्न लागेकाे हकप्रद तथा साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १ः०.११२ अर्थात् ११.२०% हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासनपश्चात कायम हुने चुक्ता पुँजीकाे १० प्रतिशतका दरले आइपिओ निष्कासन गर्नेछ । 

कम्पनीले ५ लाख कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fd709dfb867a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।