लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट निष्कासन गरेकाे ऋणपत्रमा आवेदन दिने आज (मङ्सिर २९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । बैंकले १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ ।
यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ३२ हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकले १० वर्ष अवधिकाे लागि “१०.२५ प्रतिशत बि.अाे.के डिबेन्चर २०८६” नाममा ऋणपत्र जारी गरेकाे हाे । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।