Like us!
Follow us!

एशियन हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

एशियन हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताव सहित दाेश्राे वार्षिक साधारण सभा डाकेकाे छ ।

कम्पनीकाे मंसिर २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा पुस २० गते, साेमबार कम्पनीकाे कार्यालय सानेपाबाट बिहान ११ बजेदेखि जुमकाे माध्यमबाट सञ्चालन हुनेछ ।

यसैगरी, सभामा आइपिओ निष्कासनकाे साथसाथै सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd6f1fcb8d97.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।