Like us!
Follow us!

कुमारी बैंकको साधारण सभा आज : १४% लाभांश पारित हुँदै

कुमारी बैंकको साधारण सभा आज : १४% लाभांश पारित हुँदै

लगानी खबर, काठमाडौँ - कुमारी बैंक लिमिटेडले बीसाैँ वार्षिक साधारण सभा आज (मंसिर २९ गते, साेमबार) हुँदैछ । 

बैंककाे मंसिर ५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे बीसाैँ वार्षिक साधारण सभा बैंककाे रजिष्टर्ड कार्यालय, टङ्गाल,  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे थियाे । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।