Like us!
Follow us!

बैंक अफ काठमाण्डूले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

बैंक अफ काठमाण्डूले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे मंसिर १५ गते, साेमबार सम्पन्न भएकाे २६औं वार्षिक साधारण सभाले पारित गरेकाे २.९९९९ प्रतिशत नगद लाभांश कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

बैंककाे शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fd5b8bd67585.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।