Like us!
Follow us!

सान्जेन जलविद्युतको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

सान्जेन जलविद्युतको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

लगानी खबर, काठमाडौँ - सान्जेन जलविद्युत कम्पनी लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर २६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दशाैँ वार्षिक साधारण सभा पुस २४ गते शुक्रबार चिलिमे जलविद्युत कम्पनीकाे सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fd5b31477a2c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।