Like us!
Follow us!

लाभांश पारित गर्न सनराइज बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न सनराइज बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे मंसिर २५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गते एक दिनका लागि बैंककाे बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5fd59afcba999.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।