Like us!
Follow us!

चिलिमे हाइड्रोको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

चिलिमे हाइड्रोको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मङ्सिर २८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मङ्सिर २८ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा पुस १२ गते आइतबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।