Like us!
Follow us!

माउन्टेन इनर्जी र युनाईटेड इदीको शेयर सूचीकरण प्रक्रिया अघि बढ्यो : आगामी सातादेखि कारोबारमा आउने

माउन्टेन इनर्जी र युनाईटेड इदीको शेयर सूचीकरण प्रक्रिया अघि बढ्यो : आगामी सातादेखि कारोबारमा आउने

लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म र युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट मंसिर ७ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) को शेयर सूचीकरण प्रक्रिया अघि बढेको छ । दुवै कम्पनीले आगामी सातादेखि कारोबारमा आउने गरी सूचीकरणको तयारी थालेको हुन् ।

दुवै कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ताको प्रक्रिया अघि बढाइ सकेका छन् । उक्त कम्पनीहरूकाे निष्कासन तथा बिक्री प्रबन्धकले दिएका जानकारी अनुसार नेप्सेमा सूचीकृत हुनु अगावै सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गर्ने प्रक्रिया अघि बढाइएको हो ।

शेयर सुचीकरणकाे सम्पुर्ण प्रकृया सकिएपश्चात दुवै कम्पनीकाे शेयर आगामी साताबाटै कारोबारमा ल्याइनेछ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडलेले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे थियाे ।

त्यसैगरी, नाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट मंसिर ७ गते, आइतबारसम्म ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे थियाे । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।