Like us!
Follow us!

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

बानेश्वर सब स्टेसनको ११ के.भी. बसबारमा मर्मत कार्य गर्नुपर्ने भएकोले दिनको १२ बजेदेखी २ बजेसम्म उक्त सवस्टशेनबाट वितरित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट र लुभुलगायतका क्षेत्रमा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।