Like us!
Follow us!

युनाईटेड सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

युनाईटेड सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको मंसिर १९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष १० गतेदेखि पाैष १८ गतेसम्म संस्थाको कार्यालय जावलाखेल , ललितपुरमा बिहान १० बजेदेखि ३:३० बजेसम्म हुनेछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd33fd6f27be.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।