लगानी खबर, काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २१ गते, आइतबारबाट बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा आवेदन दिने मङ्सिर २८ गते, आइतबार अन्तिम दिन रहेकाे छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक समूहकाे शेयर प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा बिक्री खुल्ला गरेकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।