Like us!
Follow us!

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरूलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरूको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरूको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।