Like us!
Follow us!

शुक्रबार सुनचाँदीको मूल्य कति ?

शुक्रबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ ।

बिहीबार ताेलाकाे ९ सय  रुपैयाँले घटेर  प्रतिताेला ९२ हजार ५ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार रुपैयाँ नै कायम भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीको भाउ पनि स्थिर रही प्रतिताेला एक हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।