Like us!
Follow us!

युनाइटेड मोदी हाइड्रोको लाभांश घोषणा

युनाइटेड मोदी हाइड्रोको लाभांश घोषणा

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीको आज (मंसिर २५ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

त्यसैगरी, कम्पनीले पुस २२ गते बुधबार कम्पनीकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fd1fca188938.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।