Like us!
Follow us!

बोटलर्स नेपालका दुवै कम्पनीले डाके साधारण सभा, बुकक्लोज कहिले ?

बोटलर्स नेपालका दुवै कम्पनीले डाके साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - बोटलर्स नेपालका दुवै कम्पनी अर्थात बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।  

१. बोटलर्स नेपाल (तराई)

कम्पनीकाे कार्तिक २६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको चौतीसौँ वार्षिक साधारण सभा पुस २२ गते बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौंमा दिउँसाे १ बजेबाट सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. बोटलर्स नेपाल (बालाजु)

कम्पनीकाे कार्तिक २६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको बयालिसौँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौंमा दिउँसाे १ बजेबाट सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fd1e708831d3.jpg 5fd1e70e0f371.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।