लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । संस्थाले एक लाख ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य २ सय ९५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २८ गते, आइतबारबाट पाैष १९ गतेसम्म न्युनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।