Like us!
Follow us!

सुनको ओरालाे यात्रामा निरन्तरता, कतिमा हुँदैछ कारोबार ?

सुनको ओरालाे यात्रामा निरन्तरता, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बिहीबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

बिहीबार सुनकाे मूल्य ताेलाकाे ९ सय  रुपैयाँले घटेर  प्रतिताेला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ९ सय  रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।