Like us!
Follow us!

मेरो शेयरको एपमा थपियो नयाँ सुविधा : अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने

मेरो शेयरको एपमा थपियो नयाँ सुविधा : अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने

लगानी खबर, काठमाडौँ - सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेकाे छ । सिडीएसले हिजाे (मंसिर २४ गते, बुधबार) राति एपमा सीआस्वा सेवा थप गरेको हो ।

एपमा याे सेवा थपिएसँगै लगानीकर्ताले अब एपबाटै आइपिओमा आवेदन दिन सक्ने भएका छन् । यसअघि एपबाट आइपिओमा आवेदन दिने सुविधा थिएन । लगानीकर्ताले मेरो शेयरको वेबसाइटबाट नै आइपिओमा आवेदन दिँदै आएका थिए । 

प्ले स्टोरमा गएर मेरो शेयरको एप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ । 

याे सेवाबाट लगानीकर्ताले अब मंसिर २९ गतेबाट निष्कासन हुन लागेकाे प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आइपिओ एपबाट नै मज्जाले भर्न सक्ने भएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।