Like us!
Follow us!

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे शेयर आज (मंसिर २५ गते, बिहीबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

कुनकाे मूल्य कति ?

नागरिक लगानी काेष = २ हजार ३ सय ६२

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५ सय ५

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (मंसिर २५ गते, बिहीबार) बाट पुस १ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd1a656dc5ca.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।