Like us!
Follow us!

अब हरेक महिना बरदानको 'लास्ट थस्डे सेल' हुने

अब हरेक महिना बरदानको 'लास्ट थस्डे सेल' हुने

लगानी खबर, काठमाडौँ -  पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले “लास्ट थस्डे सेल” लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहिबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल बरदानमा सुरु हुनेछ ।

उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुहरु लगायत अन्य धेरै अफरहरु हुनेछन् । 

यसका साथै महिनाभरी सपिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाई आकाशमा अल्ट्रा फ्लाईट, बगैचामा ५ जना लाइ सौना\स्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै  समानहरुमा छुटको व्यवस्था गरिएको छ ।  

चाड पर्वहरु सकिएपनि उत्सव अझै सकिएको छैन भन्ने उद्देश्यका साथ सो अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलले जानकारी दिएका छन् । 

उक्त सेल २४ घण्टाको लागि मात्र हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन । साथै फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । 

त्यसैगरी, ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।