लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारमा गिरावट देखिएकाे छ ।
मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.०४ अंकले घटेर १९९५.३५ मा पुगेकाे छ । नेप्से ०.४५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले घटेर ३८०.१८ मा पुगेको छ । कूल २०२ वटा कम्पनीकाे एक कराेड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३ सय ८४ रुपैयाँको कारोबार भएकाे छ ।
घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, अपर तामाकाेशी हाइड्रोपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, प्रभु बैंक संस्थापक शेयर, अरूण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, साना किसान विकास लघुवित्त र हिमाल दाेलखा हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।