लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.०४ अंकले घटेर १९९५.३५ मा पुगेकाे छ । नेप्से ०.४५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले घटेर ३८०.१८ मा पुगेको छ ।
कूल २०२ वटा कम्पनीकाे एक कराेड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३ सय ८४ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ४५ कराेड ८१ लाख २ हजार २ सय ४७ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।