लगानी खबर, काठमाडौँ - नेपाली शेयर बजारमा पछिल्लाे समय विभिन्न कम्पनीहरूले धमाधम साधारण शेयर (आइपिओ) निष्कासन गरिरहेका छन् ।
लकडाउन पश्चात मात्र हालसम्म करिव दर्जनाैँ कम्पनीहरूले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरिसकेका छन् । तीमध्ये ३ वटा इन्स्याेरेन्स थिए । अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले लकडाउनकै समयमा आइपीओ निष्कासन गरेका हुन् । उक्त कम्पनीहरूकाे दाेश्राे बजारमा समेत काराेबार सुरू भइसकेकाे छ ।
यसैबिच विभिन्न ९ वटा नयाँ इन्स्याेरेन्स कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका छन् । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रूपैयाँ पुर्याउनुपर्ने भएकाले उक्त कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
आइपिओ निष्कासनकाे तयारीमा रहेका कम्पनीहरू यस प्रकारका छन् :
१. प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गते साेमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
२. ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
३. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
४. आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
५. महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेड :
महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
६. सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले हालसम्म सेबाेनमा भने निवेदन पेश गरेकाे छैन । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
७. सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
८. सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।
९. रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।