Like us!
Follow us!

मंगलबार एकैदिन तोलाको १५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार एकैदिन तोलाको १५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (मंगलबार) फेरि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । लगातार २ दिन घटेकाे सुनकाे भाउ मंगलबार भने ह्वात्तै बढेकाे छ ।

मंगलबार सुनकाे मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेर प्रतिताेला ९४ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ३५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।