लगानी खबर, काठमाडौँ - घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाको हिजाे (मंसिर २२ गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दाेश्राे वार्षिक साधारण सभा पुस १४ गते मंगलबार, पञ्चकन्या बैन्क्वेट, बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र समता लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेकाे छ ।
त्यसैगरी, सभामा स्वाप रेसियो पारित गर्ने, डिडिए रिपोर्ट पारित गर्ने, मर्जरपछि बन्ने कम्पनी नाम , कार्यालय , ठेगाना, लोगो लगायत पारित गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरूमा छलफल हुनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।