Like us!
Follow us!

७२.२८ अंकले बढ्यो शेयर बजार : ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

७२.२८ अंकले बढ्यो शेयर बजार : ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

लगानी खबर, काठमाडौँ - साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । हिजाे नकारात्मक सर्किट लागेर समय अगावै बन्द भएकाे शेयर बजार  आज भने उच्च अंकले वृद्दि भएकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ७२.२८ अंकले बढेर २००४.३९ मा पुगेकाे छ । नेप्से ३.७४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १२.१० अंकले बढेर ३८२.७७ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड १९ लाख २० हजार ८ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, साेमबार ६ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 हेराैं आजकाे शेयर तालिका :

5fcdf6570b2cb.jpg 5fcdf662aabd4.jpg 5fcdf66bc6daa.jpg 5fcdf67456e69.jpg 5fcdf67fbef0c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।