लगानी खबर, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड गरेकाे छ ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयर) को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयरहरू हिजाे (मंसिर २१ गते, आइतबार) बाँडफाँड गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।