Like us!
Follow us!

आरएमडीसी लघुवित्तको साधारण सभा आज : २०% लाभांश पारित हुँदै

आरएमडीसी लघुवित्तको साधारण सभा आज : २०% लाभांश पारित हुँदै

लगानी खबर, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २२औँ वार्षिक साधारण सभा आज (मंसिर २२ गते, साेमबार) हुँदैछ ।

संस्थाकाे हिजाे (कार्तिक २४ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २२औँ वार्षिक साधारण सभा आज (मंसिर २२ गते, साेमबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडाैँमा हुनेछ । संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेकाे हाे ।

सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ८ गते, साेमबार बुकक्लोज गरेकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।