Like us!
Follow us!

सपोर्ट लघुवित्तले कसलाई नियुक्त गर्यो शेयर रजिष्ट्रार ?

सपोर्ट लघुवित्तले कसलाई नियुक्त गर्यो शेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाकाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ती गरेकाे हाे । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fccb4dce87b4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।