Like us!
Follow us!

अरुण काबेलीको साधारण सभा सोमबार हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अरुण काबेलीको साधारण सभा सोमबार हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - अरुण काबेली पावर लिमिटेडकाे १०औं वार्षिक साधारण सभा भाेलि (मंसिर २२ गते, साेमबार) हुँदैछ ।

कम्पनीकाे कार्तिक २७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा भाेलि (मंसिर २२ गते, साेमबार) कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।