लगानी खबर, काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे २ कम्पनीकाे शेयर आज (मंसिर २१ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २५ हजार ५ सय २० कित्ता र ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ३० हजार कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
कुनकाे मूल्य कति ?
१. आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड = ४८५
२. ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड = २६९
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज (मंसिर २१ गते, आइतबार) बाट पाैष ५ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।