लगानी खबर, काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।
संस्थाले संस्थाकाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएकाे ५ वर्षभन्दा पुरानो नगद लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे । शेयरधनीहरुले संस्थाकाे शेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश संकलन गर्न सक्नेछन् ।
त्यसैगरी, लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुनेछ । त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।