Like us!
Follow us!

एनआईसी एशिया बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

एनआईसी एशिया बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडकाे २३औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते, आइतबार) हुँदैछ ।

बैंककाे कार्तिक २६ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा बैंककाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि मंसिर १० गते, बुधबारदेखि मंसिर २१ गते, आइतबारसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।